हेटाैंडा रास्वपामा हलचल : एनिभर्सरी र बर्थ डे पार्टीमा नगएकाेमा स्पष्टीकरण साेधिएकाे आराेप

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका समितिका ३ जनालाई स्पष्ठिकरण सोधेको विषयले अहिले रास्वपा हेटौँडामा हलचल पैदा भएको छ ।

स्पष्टीकरणको विषयमा आज बसेको उपमहानगर समितिको बैठकले निर्णय गरेपछि स्पष्ठिकरण सोधिएकाहरुले समाजिक सञ्जाल मार्फत जवाफ मागेका छन् ।

गत माघ १४ गते रास्वपा हेटौँडा नगर कार्यसमिति हेटौँडाले नगर उपसभापती सपना कंडेल र सदस्यहरु मञ्जु धमला तथा बिनोद पौडेललाई तीन पटक बैठकमा अनुपस्थित नभएको भन्दै स्पष्टिकरण सोधेको थियो । उनिहरुलाई ७ दिनको समय दिएर स्पष्टिकरण सोधिएको थियो ।

तर स्पष्टिकरण सोधिएको मध्य उपसभापति सपना कंडेलले राजिनामा दिएको र सदस्य मञ्जु धमलाले स्पष्टिकरण नदिएको कारण उनिहरुको स्थानमा नयाँ व्यक्तिलाई मनोतित गरिएपछि विवाद बाहिर आएको हो ।

स्पष्टिकरणबारे कडेंलसँग कुरा गर्दा उनले नियमित बोर्ड बैठक अहिलेसम्म आफुले थाहा पाए अनुसार एक पटक भएको तर उहाँहरुले बोलाएको बर्थडे पार्टी, एनिभर्सरी लगाएको अन्य क्रियाकलापमा सहभागि नभएपछि स्पष्टिकरण सोधिएको बताईन् । उनले आफु एउटा लक्ष्य र उदेश्य लिएर रास्वपा आएको तर पछिल्लो समय चित्तवुझदो गतिविधि नहुँदा राजीनामा दिएको बताईन् ।

स्पष्टिकरण सोधिएकी धमलाले सामजिक सञ्जाल मार्फत रास्वपा हेटौँडाले बर्थडे पार्टी, एनिभर्सरी पार्टीमा जान नसकेको कारण स्पष्टिकरण सोधिएको उल्लेख गरेकि छिन् । नेपालप्रेसँग कुरा गर्दै धमलाले आफु छोरा विरामी भएर भरतपुर रहेको अवस्थामा स्पष्टीकरण पत्र लिएर आउन भनिएको तर आफुले छोरा विरामी भएर अस्पताल रहेको जनाउँदा समेत आफ्नो स्थानमा अरु ब्यक्ति मनोनित गरिएको बताईन् ।

रास्वपाले उपसभापति कंडेलको स्थानमा हरि यस अघि नगर सल्लाहकार रहेका हरि कुँबरलाई उपसभापति बनाएको छ । हामीले यसबारे बुझनको लागि रास्वपा हेटौँडा सभापति ध्रुब विष्टलाई पटक–पटक मोवाईलमा सपर्क गर्दा उनको फोन उठेन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *