सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर

कैलाली । नेपाल भारत सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर संकलन गरिएको छ ।

चलचित्र काँडेतारको च्यारिटी शोको अवसरमा धनगढीमा विशिष्ट व्यक्तिहरूबाट भारतबाट हुने अतिक्रमण रोक्न दबाब दिन हस्ताक्षर गरिएको हो ।

भारतको सीमा विवादलाईलाई रोक्न नेपाली भूमिमा काँडेतार लगाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको चलचित्रका नायक तथा निर्देशक नवल खड्काले जानकारी दिए । 

एमाले संसदीय दलका उपनेता प्रदेश सभा सदस्य सन्तोस थापा सर्मा, सांसद जानकी ऐर, धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, पत्रकार महासंघ प्रदेश अध्यक्ष योगेश रावलले लगायतले काँडेतारको माग गर्दै हस्ताक्षर गरेका हुन् ।

नेपाल–भारतको सिमा विवादमा आधारित चलचित्र हेर्दै उनीहरुले सीमामा काँडेतारको आवश्यक रहेको बताए । चलचित्र काँडेतार आउँदो फागुन २५ गते देशभर प्रदर्शन हुँदैछ । त्यस अवसरमा शनिवार धनगढीमा च्यारिटी सो देखाइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *