काठमाडौं । काठमाडौं नारायणहिटी दरबार संग्रालय अघि दुर्गा प्रसाईं लगायत राजवादीहरुको प्रदर्शन परेका छन् ।
मुलुकमा हिन्दु राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।’राजा आऊ, देश बचाऊ’ भन्दै नारा लगाएका थिए ।
दुर्गा प्रसाईँको नेतृत्वमा नारायणहिटीदेखि र्याली निकालिएको थियो । उनीहरुले राजा ल्याउन माग गर्दै नारा लगाइरहेका थिए । झडप हुन सक्ने खतरा बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएको थियो ।


Leave a Reply