प्रधानमन्त्री कांग्रेसको ढाडमा टेकेर टाउकोमा हान्दैछन्, गठबन्धनले राजीनामा माग्नुपर्छ– नेता महर

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउने रणनीति अपनाइरहेको र र सोही व्यवहार देखाउन थालेको दावी गरेका छन् ।

नेपाली कांग्रेस चाँगुनारायण नगर समितिको प्रथम सम्मेलनलाई दुवाकोटमा सम्बोधन गर्दै नेता महरले कांग्रेस पार्टीको असफलता रोक्नका लागि वर्तमान गठबन्धनको नेतृत्वबाटै प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । उनले कांग्रेसलाई असफल बनाउने मिसनमा प्रचण्ड सरकार रहेको आरोप समेत लगाएका छन् ।

नेता महरले सरकारले जनपक्षीय काम नगर्ने र त्यसको असफलताको भारी कांग्रेसलाई बोकाउने नीति लिएको दावी गरे । उनले प्रधानमन्त्रीले सुशासन कायम गर्न नसकेको र आलोचना बढ्न थालेपछि कांग्रेसमाथिनै प्रहार साँधेको आरोप समेत लगाएका छन् ।

कांग्रेस नेता र सांसद तथा कांग्रेससँग जोडिएका व्यक्तिहरुलाई सुशासनका नाममा प्रहरी लगाएर दुःख दिन थालिएकोतर्फ संकेत गर्दै उनले सरकार असफल बन्दै गएको बताए ।

Comments

2 responses to “प्रधानमन्त्री कांग्रेसको ढाडमा टेकेर टाउकोमा हान्दैछन्, गठबन्धनले राजीनामा माग्नुपर्छ– नेता महर”

  1. upadhyayompokhrel Avatar
    upadhyayompokhrel

    पैसा काे लागि तिम्रा नेताले कम्युनिस्ट सँग साँठगाँठ गर्दा यस्तै परीणाम अाउँछ।अझ पनि कम्युनिस्टको साथ नछाडे भविष्यमा तिमी काँग्रेसीहरूकाे नाम निसान रहने छैन्।

  2. ksp pyl Avatar
    ksp pyl

    दाजुभाउजूलाई भएकै छ । तिमीहरू पुच्छरलाई अलिअलि जुठो खान दिएपछि भैगयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *