‘हात्ती छाप’को टिमले सातदोबाटोमा चलायो स्वास्थ्य शिविर

काठमाडौं । माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्ती छाप’ को टिम अहिले प्रचारमा व्यस्त छ ।

निर्माण टिमले चलचित्रको प्रचारसँगै सामाजिक सेवा पनि रहेको छ । माघको १३ गते ‘हात्ती छाप’को टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ २ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा निःशुल्क उपचारका साथै औषधी वितरण समेत गरिएको फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । यस्तै, जटिल रोगका बिरामीहरूलाई काठमाडौंको टिचिङ अस्पतालमा सहजीकरण गरिने नेपालीको भनाई छ ।

बृहत् स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । यस्तै, उक्त शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो । शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरूले नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरपछि निर्माता किरण नेपालीले भने, ‘हामीले फिल्मलाई व्यावसायिक कोणबाट मात्र हेर्नु हुँदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले, हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।’

सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *