मतदान नगरेकोमा बालेनप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति- अरुको भोट चाहिनेले आफ्नो भोट दिनुपर्छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार प्रयोग नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गर्ने क्रममा प्रमुख आयुक्त थपलियाले मतदान नगर्ने जनप्रतिनिधिप्रति आपत्ति जनाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले घोषित र केहीले विभिन्न कारण देखाएर मतदानमा भाग लिएका थिएनन् ।

थपलियाले भने आम नागरिकले चाहिँ उहाँहरुलाई भोट हालेर जिताइदिनुपर्ने अनि जनप्रनिनिधि भएपछि अरुलाई भोट हाल्न नजाने ? आफू निर्वाचित हुनु अर्काको मत खोज्नेले आफू चाहिँ मतदानमा सहभागी नहुने कुरा गलत हो ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । संविधानले दिएको भूमिका निर्वाह नगरेकोमा आयोगले आपत्ति जनाएको हो । प्रमुख आयुक्त थपलियाले जनताबाट निर्वाचित जनप्रतिनिधिको मत समेत बदर हुनु पनि दुर्भाग्यपूर्ण रहेको बताए । केही जनप्रतिनिधिको मत राष्ट्रिय सभा निर्वाचनमा बदर भएको पाइएको थियो ।

उनले सो अवसरमा निर्वाचनको मौन अवधिको बेलामा विराटनगरमा कांग्रेस नेता डा.शेखर कोइराला निवासमा गरिएको चियापानप्रति समेत असन्तुष्टि जनाएका छन् । थपलियाले जनप्रतिनिधिले फ्लोर क्रस गरेर अर्को दलका उम्मेदवारलाई मत दिए भन्न नमिल्ने समेत बताए । उनले हरेक मतदाता मतदानका लागि स्वतन्त्र रहेको र जुन पार्टीबाट निर्वाचित भए पनि उनीहरुले संविधान प्रदत्त मतदानको अधिकार प्रयोग गर्न पाउँने बताए ।

Comments

One response to “मतदान नगरेकोमा बालेनप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति- अरुको भोट चाहिनेले आफ्नो भोट दिनुपर्छ”

  1. bharat kumar Thapa Avatar

    बालेन खराब मान्छे हुन बेलुका ….. सेवन गरेर उधुम कुरा लेख्छन् देशको कानुन नमान्ने अतिवादी हुन जसको उदाहरण कोटेश्वर पुलिस र सिंहदरबार जलाउछु भन्ने अल्टर हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *