प्रचण्डको आक्रोश- हामीलाई १७ हजार प्लस २ को हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको भन्दै यसको सशक्त प्रतिवाद गर्न नसकेकोमा पार्टी पङ्क्तिको पनि आलोचना गरेका छन् ।

शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई शनिवार सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौ भनेर प्रतिवाद गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले भने- आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् ? १७ हजार भन्ने भाष्य, यति झुट बेइमानीपूर्ण, आपराधिक प्रचार खुलेआम हाम्रो अगाडि गरिएको छ । तर हामी प्रतिवाद गर्ने आँट गर्दैनौँ । १७ हजार प्लस २ भनेर एउटा मान्छे ब्यानर बोकेर उभिएको छ । तर हामीले प्रतिवाद नगर्ने ? कोही नलेख्ने,कोही नबोल्ने ? कस्ता भयौँ त हामी ? हिजो भए हामी सहन्थ्यौँ त ? के गर्थ्यौँ हिजो भए ? कस्तो प्रतिवाद गर्थ्यौँ ? हाम्रा महान शहीदको सहन सक्दैनौँ भनेर मुठी उठाएर बोल्न किन आँट आएन ? किन जोस आएन ? हाम्रा १० हजार राष्ट्रिय महान् सहिद हुन् भनेर देशभर कार्यक्रम गर्न केले रोक्छ ?हामीलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन्,तीनलाई ठाउँ ठाउँ किन दिन सकेनौँ ?

प्रधानमन्त्री प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा पनि अब यसबारे प्रस्ताव लैजाने बताए । उनले चाँडै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सदनबाट पारित गरिने बताए ।

उनले जनयुद्ध दिवसमा बिदा दिने निर्णय अदालतबाट खारेज भएको कुरा एकै पटक मिडियाबाट थाहा पाउनुपरेको भन्दै सतकर्ततापूर्वक अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

Comments

3 responses to “प्रचण्डको आक्रोश- हामीलाई १७ हजार प्लस २ को हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन् (भिडिओ)”

  1. Jansk Chaudhary Avatar
    Jansk Chaudhary

    प्रधानमन्त्रीले भने- आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् ?
    प्रधानमन्त्री प्रचण्डको यो भनाइबाट स्पष्ट हुन्छ, देश अयोगयहरूको हातमा गएको छ । सरकार प्रमुख स्वयमले मलाइ हेपिदै छ भनेपछि अब नागरिकको अवस्था कस्तो हुन्छ ?

  2. PuspaKumarBasnet Avatar
    PuspaKumarBasnet

    धेरै फुरपूर नगर भाइ यो भनेको नोकरशाहि दलालपूजिबादीलाई सखाप पार भनेको हिस गरहै।सहनुको पनि सिमाहुन्छनि! सीमा नाघेपछि बाँधफुट्यो भने तिमिजस्यतस सबैकुडाकर्कर्ट एउटै बाढिले जाउलानि?

    1. ksp pyl Avatar
      ksp pyl

      तिमी १७००० र २ जनाको हत्या गरेर खुलेआम हिडने, प्रधानमन्त्री बन्ने । अरूले चाहिँ तिमीहरूले मान्छे मारेकाले हत्यारा हौ भन्न पनि नपाउने ? तिमीले नै १७००० को जिम्मा लिएको होईन ? गौरको हत्याकाण्डको चाहि कारवाही भन्ने अनि तिमीहरूलाई चाहिँ कारवाहि किन नगर्ने ? घरमा सुतिरहेको मान्छेलाई लगेर रूखमा बाँधेर मारेका छौ । गुडिरहेको बसमा बम हानेर मान्छे मारेका छौ । दिल्लीको आडमा सबै काम गरेर अहिले पनि तिमीहरूलाई दिल्लीले बचाईरहेको छ । हेरौ कति दिन बचाउँदो रहेछ दिल्लीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *