निर्वाचन आयोगले भन्यो- ७ बजेसम्म राष्ट्रियसभाको मतपरिणाम आइसक्छ

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नतिजा साँझ ७ बजेसम्ममा आइसक्ने बताएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु भइसकेकाले ७ बजेसम्ममा मतपरिणाम आइसक्ने आकलन गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनले भने, ‘मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएसँगै अधिकांश प्रदेशहरुमा मतगणता सुरु भइसकेको छ । हामीले ७ बजे भनेका छौं त्यही त्यसबेलासम्म लगभग नतिजा आइसक्छ ।’

फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सीटमा आज निर्वाचन भएको छ । सत्ता गठबन्धन दलहरुले मिलेर उम्मेदवारी दिएको भएकाले जित निश्चितप्राय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *