धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ ।

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

उनका अनुसार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय तथा अन्तरगतको संगठन तथा व्यवस्थापन सर्वैक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लागि नेपाली अवैतकि महावाणिज्यदूत दीपककुमार खड्काले १० अक्टोबर २०२३ देखि लागु हुनेगरी पेश गरेको राजीनामा स्वीकृत पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *