चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना जेल भुक्तान गर्न बाँकी फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार हिजो र आज गरि ४२ जना व्यक्ति पक्राउ गरेको हो ।
उनले चितवन जिल्ला अदालले विभिन्न मुद्दामा र फरक फरक मितिमा फैसला गरेर फरार रहका व्यक्तिहरु पक्राउ परेका जानकारी दिए ।
उनीहरुलाई जिल्ला अदालतमा पेश गरिएको पनि उनले बताए । ४२ जनाले कुफ ३० वर्ष २५ दिन कैद सजाय र ५ लाख २२ हजार रुपियाँ जरिवाना तिर्न बाँकी रहेको जनाइएको छ ।

Leave a Reply