विश्वविद्यालयमा ३० करोड बजेट दिएको बेला जनमत जन्मेकै थिएन : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश कृषि विश्वविद्यालय स्थापनामा जनमत पार्टीको कुनै भूमिका नरहेको दाबी गरेका छन् ।

सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै उनले भने, ‘मधेश कृषि विश्वविद्यालयमा दुई वर्ष अगाडि प्रदेश सरकारले ३० करोड बजेट विनियोजन गर्यो । जतिबेला जनमत पार्टीको जन्म पनि भएको थिएन ।’

मुख्यमन्त्री यादवले सीके राउतले कृषि विश्वविद्यालयका लागि आफ्नो प्रयासमा ३० करोड बजेट आएको फेसबुकमा लेखेको कुरा झुठो रहेको दाबी गरे । उनले विश्वविद्यालय भवनको शिलान्यास जनमतका कार्यकर्ताहरु रोक्न खोजेकोमा आपत्ति जनाए ।

उनले भने, ‘मेरो नेतृत्वको सरकारले पनि विश्वविद्यालयका लागि ३० करोड विनियोजन गरेको छ । म चाहन्छु छिटोभन्दा छिटो काम होस् ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *