समितिका सभापतिसँग सभामुखले भने- विधेयक छिटोभन्दा छिटो आए सदन चलाउन सजिलो हुन्थ्यो

काठमाडौं । सभामुखले देवराज घिमिरेले संसद्लाई नयाँ ढंगले अगाडि बढाउन क्यालेन्डर बनाएर जाने विषयमा प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग छलफल गरेको छन्।

समितिका सभापतिसँगको छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए।

उनले भने- अब संसद्लाई नयाँ कार्यदिशा अनुसार अगाडि बढाउन क्यालेन्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ ? र सबै पार्टीका प्रमुख सचेतकहरूसँग बसेर छलफल गर्न सकिन्छ र सजिलो पनि हुन्थ्यो।

बैठकमा सभामुखले समितिमा रहेको विधेयकहरूमा चासो राखेको उनले सुनाए।

उनले थपे- समितिबाट विधेयक छिटोभन्दा छिटो आएर सदन चलाउन सजिलो हुन्थ्यो। कतिपय विषयलाई धेरै समितिले हेरेको छ। त्यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए हुन्थ्यो भन्ने कुरा भएको छ।

उनले थप छलफलको लागि फेरि चाँडै बैठक बस्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *