विषयगत समितिमा रहेका विधेयकमा सभामुखको चासो, सभापतिहरूसँग गरे छलफल

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग छलफल गरेको छन्। विषयगत समितिका सभापतिहरूसँगको छलफल अहिले सभामुखको कार्यकक्षमा भइरहेको छ।

समितिमा रहेका विधेयकहरूको अवस्था लगायतका विषय लगायतको विषयमा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ। दलहरुबीच कुरा नमिल्दा समितिमा संवैधानिक परिषद्, टीआरसी, विद्यालय शिक्षालगायतका विधेयकहरू अड्किएर बसेका छन्।

दलहरुबीच कुरा नमिलेर विधेयक रोकिने अवस्था बनेपछि सभामुख घिमिरेले चासो बढाएका हुन्। सरकारले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन लगत्तै सदन खुलाउने तयारी गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *