माओवादी नेताको स्पष्टीकरण- भ्रष्ट र फन्टुस देव गुरुङलाई मेरो घरबाट लखेटेको हुँ (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोरख केसीले भूकम्प पीडितका लागि चीनले पार्टीमार्फत गरेको राहत सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

चिनिया महिलामाथि हातपात गरेको आरोपमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै केसीले ती महिलाको हर्कतको समेत विस्तृतमा लिखित जानकारी गराएका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ,कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गिरोहले भ्रष्टाचार गरेको र नगदी सामानहरू लुकाएर कुहिएका र काम नलाग्ने सामान राहतका नाममा वितरण गर्न लाग्दा आफूले प्रश्न उठाएको बताएका छन् ।

सामानको गुणस्तर,परिणाम र वितरणमा प्रश्न उठाएपछि आफूलाई फसाउन महासचिवसहितको गिरोहले सत्ताको दुरुपयोग समेत गरेको र भ्रष्टाचार गर्न जान्नुपर्छ भन्दै त्यसो नगरेबापत कारबाहीको सिफारिस गरेको बताएका छन् ।

उनले भ्रष्टाचारी महासचिव गुरुङलाई आफूले आफ्नो घरबाट लखेटेर निकालेको समेत बताएका छन् । उनले लामो स्पष्टीकरणमा देव गुरुङको षडयन्त्रमा पार्टी परेको भन्दै उनलाई महासचिवबाट हटाएर आफू बन्ने सोच पलाएको भन्दै स्पष्टीकरण अन्त्य गरेका छन् ।

गुरुङका नातेदार मुक्ति मरासिनीको संस्थामार्फत राहतमा भ्रष्टाचार गरेको विषय आफूले भण्डाफोर गर्दा कारबाही गर्न उनैले स्थायी कमिटीमा प्रस्ताव गरेको भन्दै आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।

Comments

2 responses to “माओवादी नेताको स्पष्टीकरण- भ्रष्ट र फन्टुस देव गुरुङलाई मेरो घरबाट लखेटेको हुँ (पत्रसहित)”

  1. Nagendra Avatar
    Nagendra

    माओबादी (प्रचण्डपथ) को एक द्वार प्रणाली यहि होला हैन त ?? अरुले सहयोग गर्छु भन्दा एकद्वार प्रणाली बाट आउनु पर्छ नत्र भाते कारबाही देखि जेल सम्म पुर्यायियो !! त्यो भनेको त माओबादी भएर मात्र वा माओबादी देखिएर मात्र सहयोग गर्न पाइने रहेछ हैन त !!! यहि कारणले ३ओ भन्दा बढी मानिसह हरु चिसोले मरे त्येश्को जिम्मा कसले लिंछा :: त्यो हत्या हो : माओबादी फेरी पनि हत्यारा भयो, गठबन्दन हत्यारा हो !! देशको लादि वास्तबमा बोझ हो यो !!!

  2. ksp pyl Avatar
    ksp pyl

    व्यक्ति अनुसारको शब्द चयन । क्या राम्रो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *