जाडो बढेपछि बुटवलमा तीन दिन विद्यालय बिदा

रुपन्देही । जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालयहरूमा जाडो बिदा दिएको छ। माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरूमा जाडो विदा दिएको हो। उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गर्दै उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताए।

‘यस उपमहानगरपालिकाको माघ ५ को निर्णयानुसार अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा माघ ७ गतेदेखि ९ गते तिन दिनसम्मको लागि जाडो बिदा (हिउँदे बिदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।

पछिल्लो केही दिनयता बुटवल जाडोका कारण बालबालिका तथा वृद्धसहित जनजीवन प्रभावित बनिरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *