मधेश सरकारको ‘बलिदानी दिवस’ समारोहमा घाइतेहरुको विरोध

जनकपुरधाम । मधेश सरकारले वीरगञ्जमा मनाउन लागेको मधेश बलिदानी दिवस समारोहमा आन्दोलनका घाइतेहरुले होहल्ला गरेका छन् ।

राहतमा विभेद गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् । मञ्च नजिकै पुगेर विरोध गर्न थालेपछि उनीहरुलाई पनि चेक वितरण सुरु गरिएको छ।

कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवारका सदस्यलाई ३/३ लाखको चेक र कम्बल वितरण गरेका थिए। आन्दोलनका घाइतेहरुलाई अवस्था हेरेर १ देखि २ लाखसम्म आर्थिक सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ ।

०६३ सालको पहिलो मधेश आन्दोलनमा सिरहाको लहानमा विद्यार्थी रमेश महतो शहिद भएका थिए । पहिलो शहिद महतोको सम्झनामा प्रदेश सरकार आज सार्वजनिक बिदा दिएको छ भने वीरगञ्जको टाउन हलमा बलिदानी दिवस मनाइँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *