बीपीमा ताला लगाएका हर्कको स्वास्थ्यमन्त्रीलाई पत्र- उपकूलपति कार्कीलाई कारबाही गरिदिनू

बीपीका उपकुलपती खोजिदिन स्वास्थय मन्त्रीलाई हर्क साम्पांगको पत्र

विराटनगर । धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइ कारबाही गरिदिन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेखेका छन् ।

प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई कारबाही गरेको, आन्दोलनले ओपीडी बन्द भएको अवस्थामा आफू लुकीछिपी बसेको मेयर साम्पाङले आरोप लगाएका छन् ।

स्वास्थ्यमन्त्रीलाई सहयोग मागेका मेयर साम्पाङले डा. कार्कीलाई तत्काल उपस्थित गराई आवश्यक कारबाही अघि बढाइदिन पत्रमा भनेका छन् ।

‘उपकूलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएकोजस्ता अराजक गतिविधि गर्दै आएको हुँदा हाल उक्त विषयहरूलाई लिएर प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई बिरामीको उपचारमा प्रभावित भएको ’ उनले लेखेका छन् ।

पछिल्लो केही दिनदेखि बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले केही माग राखेर आन्दोलन गरिरहेका छन् । मेयर साम्पाङले हिजै कार्कीको कार्यकक्षमा आफैँ पुगेर ताला लगाएका थिए । तालाबन्दीपछि मेयर साम्पाङले राजीनामा नदिए घिसारेर निकाल्ने चेतावनी दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *