१७ वर्षपछि पक्राउ परे हत्या आरोपी स्याङ्तान र गोले

हेटौंडा । मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका– १२ गैरीगाउँका ४५ वर्षको मोटे स्याङ्तान भन्ने राम चन्द्र स्याङ्तान र सोही स्थानका ५० वर्षका सार्की माइला भनिने कालू गोले रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रबक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए ।

अभियुक्तद्वयले ०६३ साल जेठ १९ गते मकवानपुरको साबिक टिस्टुङ गाउँ विकास समिति वडा नम्बर ४, हाल थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए। कुटपिटको कारण लाहुरेको ज्यान गएपछि दुबैजना फरार रहेका थिए ।

घटनापश्चात् फरार रहेका प्रतिवादीउपर जिल्ला अदालतबाट भएको फैसलाअनुसारको कैद बेरुजु फर्स्योटका लागि खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई घरबाटै पक्राउ गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

उनीहरुलाई जिल्ला अदालत मकवानपुरले २०६७ असोज ८ गते २० वर्ष कैद फैसला गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *