काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।
विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड बनाइएको पनि उनले बताए ।
यस्तै आजकै बैठकमा माओवादीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए ।
अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्जहरूको रिपोटको संसलेषण गरेको उनले बताए ।

Leave a Reply