स्वास्थ्यमन्त्रीको जिकिर- ममाथिका आरोप पुष्टि भए राजनीतिबाटै सन्‍न्यास लिन्छु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको गुनासो गरेका छन् ।

शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेको गुनासो गरेका हुन् ।

मन्त्री बस्नेतले वीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भएपनि आफूले कटौती गरेको हल्ला चलाएको दाबी गरे । अक्सिजनको सिलिण्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनको भनाइ थियो ।

उहाले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्‍न्यास लिने जिकिर गरे । वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफू तयार रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

मन्त्री बस्नेतले जटिलरोगहरूका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए । सो अवसरमा मन्त्री बस्नेतले महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरेका थिए । उक्त सेवाबाट ‘थ्रिडी टेक्नोलोजी’ सहित परिक्षणको नतिजा हेर्न सकिने अस्पतालले जनाएको छ ।

Comments

One response to “स्वास्थ्यमन्त्रीको जिकिर- ममाथिका आरोप पुष्टि भए राजनीतिबाटै सन्‍न्यास लिन्छु”

  1. ksp pyl Avatar
    ksp pyl

    वीर हस्पिटलको प्रमुख गैर कानूनी रूपमा हटाएको अदालतबाट प्रमाणित नै भैसक्यो त । कुन मुखले पदमा बसिरहेको ? स्वास्थ्य क्षेत्र कुप्लुक्क निलौंला भनेर ? यस्ताले फेरि इमान जमान पनि छ मेरो भनेको सुन्दा पो हाँसो उठछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *