सुरु भयो नाउपाको बन्दसत्र, शुक्रबार निर्वाचन

कैलाली । कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनको बन्दसत्र सुरु भएको छ । केही बेर अघि सुरु भएको बन्दसत्र बिहान ४ बजे सम्म लम्बिने नाउपाका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए ।

उनका अनुसार भोलि बिहान ८ बजे देखि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

‘सकेसम्म हामी सहमतिमै नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने छौ’, उनले भने, ‘भोलि साँझसम्म नेतृत्व चयन भइसक्ने छ ।’ पर्सि बिहान केन्द्रिय समितिको पहिलो बैठक गरेर बिदा हुने उनले बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल तथा नाउपा अध्यक्ष समेत रहेकी भूमि व्यवस्ता सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले आज महाधिवेशनको उद्घाटन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *