‘जनताले माओवादी नेताहरूको जीवनशैलीप्रति प्रश्न उठाएका छन्, जनयुद्धका पीडित बिर्सियो भन्छन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले चार महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षामा छ । अभियानमार्फत् कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा पार्टीले गरेको काम जनताकहाँ लग्ने लक्ष्य लिएको थियो ।

जनता भेट्न हिँडेका माओवादीका नेता कार्यकर्ता भेटेर फर्किएको भन्दै पार्टीभित्रबाटै आलोचना भइरहेको छ । अभियानको क्रममा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत धेरै कार्यक्रममा सहभागी भए । पालिकास्तरमा जनपरिचालनसहित अभियानको समापन गरेको माओवादी अहिले समीक्षाको लागि प्रतिवेदन बनाउन व्यस्त छ ।

अभियानले पार्टी केही हदसम्म चलायमान भए पनि पूर्ण सफल भएको नेताहरु नै मान्न तयार छैनन् । अभियानको समीक्षा, जनस्तरबाट आएको गुनासो, पार्टी नेतृत्वको सरकारले गरेको कामलगायतको विषयमा केन्द्रित रहेर सचिव तथा मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलसँग नेपाल प्रेसले गरेको कुराकानीः

– पार्टीले चार महिने अभियानको कसरी समीक्षा गर्दैछ ?

हामी अभियानको प्रारम्भिक समीक्षा गरिरहेका छौं । नेतृत्वदेखि कार्यकर्ता पंक्ति कति परिचालित भए, कति यो अभियानको क्रममा पार्टी एकीकरणको प्रक्रियामा आए भन्ने सबै कुराको मूल्यांकनसहित रिपोर्ट हामीले बनाउँदैछौं । समग्रको त अहिले रिपोर्ट आएपछि मात्रै छलफल हुन्छ ।

तर, म मधेश प्रदेशको जिम्मेवारी लिएर गएको थिएँ । मधेशमा हाम्रो प्रदेश कमिटी छैन । संगठनात्मक संरचना नभएको ठाउँमा पार्टी परिचालन गर्न गाह्रो हुन्छ । तर, पार्टीको स्पीडलाई लिएर कार्यकर्ता परिचालन गर्ने, जनताको बीचमा जाने काम भएको छ । हामीले पार्टी संगठन नभएको ठाउँमा संगठन पुर्‍याउने काम पनि गरेका छौं । अभियानमा लिडरशिपको करिब ८५ देखि ९० प्रतिशतसम्म परिचालन भएको छ । कार्यकर्ता पंक्तिमा पार्टी अब अगाडि बढ्छ, जनताको बीचमा आयो भन्ने आशा पलाएको छ ।

नेतृत्वमा केन्द्रमुखी प्रवृत्ति नभएर जनतामुखी र कार्यकर्तामुखी हुन्छ कि भन्ने नयाँ आशा पनि पलाएको छ । नयाँ सन्देशात्मक उपलब्धि भएको छ । तर, ठोस रुपमा सांगठनिक र गुणात्मक फड्को मार्‍यो भन्ने रिभ्यु गर्न बाँकी छ ।

– अभियानको क्रममा जनस्तरबाट कस्तो खालको गुनासो नेतृत्वसामु आए ?

जनस्तरबाट धेरै गुनासो आएका छन् । उपल्लो चेतनास्तर भएको नेतृत्वमा पनि पार्टीमा विचारको स्पष्टताको अभाव देखियो । हामी समाजवाद स्थापित गर्ने भन्छौं । तर, त्यसको स्वरुप कस्तो हुन्छ, कसरी प्राप्त हुन्छ भन्ने ढंगका कार्यदिशाको स्पष्टताको माग गरेको देखिन्छ । कार्यकर्ताको माग सम्बोधनदेखि आर्थिक रुपमा परिचालन गर्नेसम्मका विषयमा वैचारिक तहमा कुरा उठेको छ ।

नेतृत्वमा केन्द्रमुखी प्रवृत्ति नभएर जनतामुखी र कार्यकर्तामुखी हुन्छ कि भन्ने नयाँ आशा पनि पलाएको छ । नयाँ सन्देशात्मक उपलब्धि भएको छ । तर, ठोस रुपमा सांगठनिक र गुणात्मक फड्को मार्‍यो भन्ने रिभ्यु गर्न बाँकी छ ।

कार्यकर्ता पंक्तिमा हामी पार्टीमा यत्रो समयसम्म खट्दा हामीले के पायौं, पार्टीले हामीलाई केही दिनुपर्थ्यो, हामीले पाएनौं, हामीले जागिर, विकास निर्माण र अवसर पाएनौं तर, हामी सधैं कति खटीमात्रै राख्ने भन्ने एउटा चेतना पनि पाएका छौं ।

कतिपयले गाउँघरमा यो पार्टीमा लागिसकेपछि म सुरक्षित हुन्छु कि हुन्न भन्दै सुरक्षाको समेत माग गरेका छन् । न्याय प्रशासनमा जाँदा घुस नखुवाइ मेरो काम बन्छ कि बन्दैन, पार्टी नेताहरुबाट त्यस्ता काममा सहजीकरण हुन्छ कि हुँदैन भन्ने कुरा पनि आएका छन् । त्यही समस्याले होला, पार्टी कार्यकर्ताहरु पनि अभियानमा आए जस्तो देखिए पनि खासै वास्ता नगर्ने पनि देखियो ।

अर्को, पार्टीको नेतृत्वप्रति असाध्यै आलोचना पनि छ । लिडरशिप जनताको बीचमा आएन, विलासी जीवन बिताउन थाल्यो, सत्ता र शक्तिमोह बढ्यो भन्ने तीव्र आलोचना पनि भएको छ । पार्टीले ठीक गरेको छ, ठीक भन्ने नभए बेठीक भए पार्टीलाई सच्याउन सुझाव दिने कुरा गरिरहेको पनि मैले अनुभव गरें ।

– पार्टीका नेताहरुको जीवनशैलीको विषयमा जनताको बुझाइ के पाउनुभयो ?

यो विषय पार्टीभित्र गम्भीर ढंगले उठेको छ । नेताहरुले हिजो जनताको बीचमा काम गर्दा कस्तो जीवनशैली अख्तियार गर्थे, आज कस्तो जीवन बाँचेका छन्, जनयुद्धमा लागेकाहरुको हालत के छ, नेताहरुको हालत के छ र नेताहरु पीडितपट्टि फर्किएनन् भन्ने खालका कटू आलोचनाहरु छन् ।

– अहिले पार्टी अध्यक्षकै नेतृत्वमा सरकार छ । सरकारको कामप्रति जनता कतिको सन्तुष्ट पाउनुभयो ?

अहिले पार्टीकै सरकार भए पनि जनस्तरबाट हेर्दा हामीले सरकारबाट के पायौं भन्ने प्रश्न गर्छन् । हाम्रो पार्टीको सरकार हुँदा पनि हामीले केही पाउन सकेका छैनौं भन्ने तलबाट असन्तुष्टि उठेका छन् । सरकारबाट के पायौं भन्नासाथ पार्टी नेतृत्वबारे पनि टिप्पणी गरेको स्वतः ठहर्छ । केही मान्छेहरुलाई नेता र मन्त्री बनाएर पठायौं, उनीहरु फर्केर हेर्दैनन्, टेलिफोन पनि उठाउँदैनन् भन्ने जनताको गुनासो नेताहरुप्रति छ ।

कार्यकर्ता पंक्तिमा हामी पार्टीमा यत्रो समयसम्म खट्दा हामीले के पायौं, पार्टीले हामीलाई केही दिनुपर्थ्यो, हामीले पाएनौं, हामीले जागिर, विकास निर्माण र अवसर पाएनौं तर, हामी सधैं कति खटीमात्रै राख्ने भन्ने एउटा चेतना पनि पाएका छौं ।

राष्ट्रको तहबाट गर्नुपर्ने भ्रष्टाचार नियन्त्रणको कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । चौतर्फी भ्रष्टाचार छ, माथिल्लो तहमा सरकारबाट केही नियन्त्रणको प्रयास भए । तर, अहिले त्यो पनि ब्रेक लागेको छ । तल्लो तहमा भ्रष्टाचार नियन्त्रणको संयन्त्र नै पुग्न सकेको छैन । त्यसकारणले जनताले यसबाट मुक्त हुन पाए हुन्थ्यो भन्ने भावना छ ।

– जनतासँग पार्टीलाई जोड्न यो अभियान कति सफल भएको निष्कर्ष निकाल्नुभयो ?

अभियानले जे लक्ष्य लिएको थियो, आज पार्टी अकर्मण्य बनेको अवस्थामा एउटा सञ्चार दिएको छ । यो अभियानपछि हामीलाई भन्दा पनि माओवादी के गर्दैछ भन्ने बढी अरुमा परेको छ । अभियानमा लभभग ७० प्रतिशत कार्यकर्ताको पंक्ति सामेल भएका छन् । केहीले नेतृत्व नै लिएर हिँडेका छन् । केही अभियानमा सामेल भएर मात्रै पनि लागेका छन् । त्यसकारणले अभियानले पार्टी संगठनमा केही हलचल ल्याएपछि कार्यकर्ता तहबाट पनि व्यापक गुनासा आएका छन् ।

– सत्ताको कुरा उठाउनुभयो । तर, माओवादीलाई सधैं सत्ता केन्द्रित भयो भन्ने आरोप पनि लाग्ने गरेको छ नि ?

त्यो आरोप लाग्नु स्वाभाविक नै हो । किनभने जनताले आधारभूत आवश्यकता पाएका छैनन् । रोजगारीका समस्या ज्यूँका त्यूँ छन् नि ! केही घटे होलान् । नयाँ युवाहरु पनि बढ्दैछन् । उनीहरुमा हिजो आन्दोलनको अनुभूति छैनन् ।

हिजो युद्ध र आन्दोलनको कष्ट भोगेका युवाहरु कम छन् अहिले । अहिलेको राजनीतिमा १८ वर्ष पुगेपछि मत हाल्न पाउने अधिकार छ । तर, ती आज १८ वर्ष पुगेको युवाले हिजोको जनयुद्धको अनुभूति, जनआन्दोलनको कठिनाइहरु त देखेनन् नि ! नदेखेपछि आजको परिवर्तनलाई अर्के ढंगले बुझ्ने भयो । अहिले त्यसलाई राजनीतीकरण नभइ व्यापारीकरण गर्न खोज्ने केही नेताहरुको प्रवृत्ति छ ।

हाम्रो पार्टीको सरकार हुँदा पनि हामीले केही पाउन सकेका छैनौं भन्ने तलबाट असन्तुष्टि उठेका छन् । सरकारबाट के पायौं भन्नासाथ पार्टी नेतृत्वबारे पनि टिप्पणी गरेको स्वतः ठहर्छ । केही मान्छेहरुलाई नेता र मन्त्री बनाएर पठायौं, उनीहरु फर्केर हेर्दैनन्, टेलिफोन पनि उठाउँदैनन् भन्ने जनताको गुनासो नेताहरुप्रति छ ।

– मधेशमा इन्चार्जको भूमिकामा खटिँदा पार्टी संगठन विस्तारमा के चुनौती देख्नुभयो ?

पार्टीभित्र देखिएका समस्या सम्बोधन गर्न नेतृत्वले गम्भीर बन्नुपर्छ । पार्टी र जनताको बीचको सम्बन्ध, नेता र कार्यकर्ताबीचको सम्बन्ध जीवित बनाउनुपर्छ । कार्यकर्ताले नेता भेट्न चाह्यो भने भेटिने नेता हुनुपर्‍यो, उसले त्यो खोज्छ ।

नेताले कार्यकर्ताको गुनासो सुनिदियो भनेपछि हलुका महसुस गर्छन् । त्यसैले सुरुमा नेता कार्यकर्ताको भेट, नयाँ विचारमा छलफल, आजको चुनौतीको सामना गर्नुपर्ने विषयमा बहस र अन्तरक्रिया अहिलेको खाँचो हो ।

– तर, गुटबन्दीको कारणले मधेशमा माओवादीको संगठन विस्तार हुन नसकेको भनिन्छ नि ?

जनताले आशा गरेका छन्, अरुले चलाएको शासन सत्ताका परिणामहरु भोगिसकेका छन् । आश्वासन र चुनावी घोषणापत्र पनि हेरेका छन्, सरकार बनाउँदाका काम र त्यहाँ देखिएका कमजोरी पनि जनताले नियालिरहेका छन् । यो राजनीतिक कार्यकर्ताको कुरा हो ।

त्यसैले वैचारिक राजनीतिक कार्यक्रम पनि चलाउने, प्रशिक्षणका कार्यक्रम पनि राख्ने, वर्ग र वर्ग द्वन्द्वको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्नुपर्छ । गुटबन्दीमा पर्नुहुँदैन भन्ने हामीले निष्कर्ष निकालेका छौं ।

Comments

One response to “‘जनताले माओवादी नेताहरूको जीवनशैलीप्रति प्रश्न उठाएका छन्, जनयुद्धका पीडित बिर्सियो भन्छन्’”

  1. ksp payl Avatar
    ksp payl

    मुख्य नेतालाई विदेशीको सेवा गर्दैमा अरू गर्ने फुर्सद नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *