सन्दीप लामिछानेलाई ८ वर्ष कैद

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

आजकाे फैसलामा भनिएको छ, ‘परिवर्तित नाम गौशाला ६ को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था, प्रतिवादीको सामाजिक हैसियत, पिडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दा प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङं बमोजिम ८ वर्ष कैद र दफा २१९ (३) (क) बमोजिम रु। ३ लाख जरिवाना हुने तथा पिडितलाई पुग्न गएको मानसिक असरलाई विचार गर्दा दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना रु। ३ लाख र थप दुई लाख रकम क्षतिपूर्तिवापत प्रतिवादीबाट पिडितलाई भराइ दिने ठहर्छ ।

Comments

2 responses to “सन्दीप लामिछानेलाई ८ वर्ष कैद”

  1. bharat kumar Thapa Avatar

    अत्याचारको सिमा नाघ्यो केटी उमेर पुगेकी सहमतिमा भएको कुरा पछि गएर बार्गेनिङ भएको देखिन्छ र नेपालको खेल जगतलाई ध्वस्त बनाउन विदेशी चलखेल न्याय मरेको हो ।

    1. Cyclic Avatar
      Cyclic

      Wake up! He has been proved guilty. Lawyers, judges, are the best people who made the decision. Nepali khel jagat ke chha ra kun bideshi lai dhwasta banauna paryo? Hawadari, low IQ kura nagarum.

Leave a Reply

Your email address will not be published. Required fields are marked *