भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु

अमरोहा । भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको छ ।

अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

मृत्यु हुनेमा दुई बालक र तीन बालिका रहेका छन्। समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो । एउटै कोठामा सात जना सुतिरहेका थिए।

कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ । दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *