एजेन्सी । एक्वेडरमा एक टेलिभिजनको लाइभ प्रसारण भइरहेको समयमा बन्दुकधारीले धम्क्याएको छ ।
स्थानीय टिसी टेलिभिजन च्यानलका प्रस्तोतालाई मंगलबार यस्तो धम्की आएको हो । बीबीसीका अनुसार देशमा घोषणा गरेको ६० दिने आपत्कालको घोषणा भएको एक दिनपछि यस्तो घटना भएको हो ।
यो क्लिप अहिले विश्वभर भाइरल भएको छ । ल्याटिन अमेरिकी देशमा बन्दुकधारी आतङ्क लामो समयबाट देखिँदै आएको छ ।
यसलाई सामना गर्न सरकारले आपत्काल घोषणा र सेना परिचालन गरेको छ ।

Leave a Reply