गठबन्धनका उम्मेदवारलाई जिताउन ४ सदस्यीय समन्वय समिति गठन

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ ।

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेसका नेता रमेश लेखक, माओवादीबाट वर्षमान पुन, नेकपा एसबाट राजेन्द्र पाण्डे र जसपाबाट मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो ।

समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले बताए । समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । गठबन्धनले १९ सीटमा भागबन्डा गरेर उम्मेदवारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *