कैलाली । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता नारायणदत्त भट्टविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
सत्ता गठबन्धनको तर्फबाट अपाङ्ग तपा अल्पसङ्ख्यक कोटामा भट्टले उम्मेदवारी दर्ता गराएका थिए । उनीविरुद्ध आज एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा भट्ट विरुद्ध किर्ते अपाङ्गता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको हो । उक्त उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरिसक्नुपर्नेछ ।


Leave a Reply