काठमाडौँ । न्याय सेवा आयोगले एक दर्जनभन्दा बढी कर्मचारीलाई सहसचिव र उपसचिवमा बढुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सहसचिव र उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
आयोगले कानून समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह सहसचिव वा सो सरहमा बढुवा गरेको छ । त्यस्तै सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई सहसचिव वा सो सरहमा बढुवा गरेको छ ।
आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ । मङलबार नि न्याय सेवा आयोगले दुई सय १९ जना कर्मचारीको सरुवा गरेको छ ।
उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो ।
सूची:

Leave a Reply