पोर्चुगलमा सुर्तीजन्य पदार्थमा नयाँ नियम, काठमाडौंमा जस्तै भो

लिस्वन । पोर्चुगलमा धुम्रपानसम्बन्धि नयाँ कानून पारित भएको छ । यो नियम पारित भएसँगै ५० हजारभन्दा बढीको संख्यामा रहेका नेपालीहरू समेत प्रभावित हुने भएका छन् । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको एक महिनापछि पोर्चुगलमा रहेका नेपालीहरूलाई पनि समस्या पर्ने भएका हुन् ।

महानगरपालिकाले मंसिर २८ गते बिहिबारदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ, कच्चा सुर्ती खैनी, गुट्खा, सुर्तिहरु प्रतिबन्ध गरेको थियो । यता, पोर्चुगलमा भने धुम्रपानको रोकथाम र नियन्त्रणको लागि भन्दै युरोपेली संघको निर्देशनलाई पालना गर्न लागेको हो ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो डि साउसोले संसदले पारित गरेको विधेयक अनुसार सुर्तिजन्य पदार्थमा दिदैं आएको छुटहरूमा कटौती गर्ने जानकारी दिएका हुन् ।

नोभेम्बर २८ मा संसदले गठन गरेको समितिले युरोपेली संघले दिएको निर्देशनलाई पालना गरि पोर्चुगलको कानुनलाई स्थानान्तरण गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई संसदले नोभेम्बर ३० मा पारित गरेसँगै पोर्चुगलमा धुम्रपान सम्बन्धि नयाँ नियम हुन लागेको हो ।

पोर्चुगलको राष्ट्रिय कानून २०२२ मा रहेको जुन नियम छ त्यसलाई अब युरोपेली संघले गरेको निर्देशनले स्थानान्तरण गर्ने छ । जसले धुम्रपान रोक्न र नियन्त्रण गर्ने उद्देश्यका मापदण्डहरूलाई सुदृढ गर्दछ ।

नयाँ नियम अनुसार अब पारम्परिक सुर्तीसँग इलेक्ट्रोनिक चुरोटलाई बराबरी गर्ने, विद्यालय नजिकै, ग्यास स्टेशनहरूमा सुर्तीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाउने प्रस्तावहरू समावेश गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *