रुपन्देही । दाङको लमही नगरपालिका वडानम्बर ९ रिहारस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ४७ हजार ३५ रुपैयाँ चोरी भएको छ । लकरभित्र राखेको पैसा चोरी भएको हो ।
सहकारीबाट उक्त रकम आइतबार राति चोरी भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिए । चोरले गोदाम घर फोडेर पनि चेकजाँच गरेको छ ।
प्रहरीअनुसार सबै कोठाका दराज फुटाइएको छ । सहकारीको अन्य कागजपत्र भने सबै सुरक्षित रहेका छन् । प्रहरीले अहिले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

Leave a Reply