नेपालमा पहिलो पटक ओमिक्रोनको सब भेरिन्यट जे एन१ संक्रमण पुष्टि

काठमाडौं । नेपालमा काभिड १९ को ओमिक्रोनको सब भेरियन्ट जे एन १ (एन१) पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्तिमार्फत ओमिक्रोनको सब भेरियन्ट जे एन१ देखिएको पुष्टि गरे ।

‘देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका संकलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय प्रयोगशालाले आइतबार गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा सब भेरियन्ट पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले यसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड नियमित अपनाउन आग्रह पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *