राप्रपाका उम्मेदवार पौडेललाई विजयी गराउन समिति गठन

काठमाडौं । राप्रपाबाट कोशी प्रदेशमा राष्ट्रियसभाको लागि उमेदवारी दिएका उपाध्यक्ष उद्धव पौडेललाई विजयी गराउन केन्द्रीय सदस्य केदार कोइरालाको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

समितिमा कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमितिका अध्यक्ष र पदाधिकारीहरु, कोशी प्रदेशका सांसदहरु, कोशी प्रदेशभित्रका जिल्ला अध्यक्षहरु, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष, राप्रपाका भ्रातृ संगठनका अध्यक्ष र पदाधिकारीहरु गरी १०१ सदस्यीय रहेको कोशी प्रदेशका अध्यक्ष एवं दमक नगरपालिकाका प्रमुख राम थापाले जानकारी दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *