मधेशमा सत्ता गठबन्धनबाट चौधरी र ढुंगानाले गराए मनोनयन दर्ता

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनबाट मधेश प्रदेशमा पूजा चौधरी र आनन्द ढुंगाना मनोनयन दर्ता गराएका छन् ।

तामझामसहित जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर चौधरी र ढुंगाना मनोनयन दर्ता गराएका हुन् । चौधरी जसपा र ढुंगाना कांग्रेसका हुन् ।

धनुषाका ढुंगाना कांग्रेस केन्द्रीय सदस्य र पूर्व सांसद छन् । रौतहट घर भएकी चौधरी प्रदेशसभा सदस्यमा पराजित भएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *