विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि एमालेले कोशी प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गराएको छ ।एमालेले कोशी प्रदेशमा अन्यबाट पर्शुराम अधिकारी र महिलामा रुकमणि कोइरालालाई उम्मेदवार बनाएको हो अधिकारीको प्रस्तावक साथै समर्थक सिर्जना राई र जयप्रकाश चौधरी बसेका छन् ।
यस्तै , रुकमणि कोइरालाको रामप्रसाद मेहता र शिलादिक्षित कार्की प्रस्तावक र समर्थक बसेका छन् । अधिकारी पूर्वमाओवादी नेता हुन् । नेकपा विभाजनपछि एमालेमै बसेका अधिकारी अहिले केन्द्रीय सदस्य छन् । कोइराला सुनसरीकी नेतृ हुन् ।
कोशीमा दुई सीटमा निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादीकी विना पोखरेलको पदावधि सकिन लागेपछि सो पदका लागि चुनाव हुन लागेको हो ।

Leave a Reply