त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि फेरि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि फेरि दरखास्त आह्वान गरिएको छ ।

यसअघि आह्वान गरिएको सूचनामा विवाद सिर्जना भएपछि छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक सूचना निकालेको हो ।

यसअघि ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत मापदण्डमा विरोध सिर्जना भएको थियो ।

योग्य र इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *