काठमाडौं । दिउँसो ४ नेपाली कांग्रेस कार्य सम्पादन बैठक बस्न सकेको छैन । नेता अर्जुन नरसिंह केसीका अनुसार बैठक ४ बजे बोलाइएको हालसम्म सभापति हलभित्र पसेका छैनन् ।
उनले भने, ‘अहिलेसम्म बैठक बस्न सकेको छैन । त्यै पनि हामी प्रतीक्षामा छौं ।’
सभापतिको कारणले रोकियो भन्ने प्रश्नमा उनले भने, ‘कुन कारणले भन्दा पनि बैठक बस्न सकेको छैन ।’
भोलिको उम्मेदवारी दर्ता नै प्रभावित बन्छ त भन्ने जिज्ञासामा केसीले भने, ‘हामी पर्खिरहेका छौं । हामी प्रतीक्षा गरेरे हामी थाक्दैनौ, थकाउन कोसिस हो भने त्यो निरर्थक कोसिस हो ।’
‘सभापति आएर हाम्रो मागमा तयार भए नभएको भनेपछि मात्रै त कुरा हुन्छ अहिले त उहाँ आउनु नै भएको छैन’, केसीले सञ्चारकर्मीसँग भने, ‘क्लस्टरको कुरामा अहिले केही भएको छैन ।’

Leave a Reply