काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रियसभाको सीट भागबन्डा टुंगिएपछि क्लस्टरमा विवाद देखिएको छ। गठबन्धनभित्रको सहमति अनुसार कांग्रेसले १० सीट पाएको छ ।
कांग्रेसमा शेखर कोइराला र महामन्त्री गगन थापा समूहले १० मा ४ सीट आफ्नो पक्षको हुनुपर्ने अडान राख्दा कांग्रेस आन्तरिक छलफलमा छ।
तर, कांग्रेसभित्रको विवादले क्लस्टर टुंग्याउन नसक्दा नेकपा एकीकृत समाजवादीलाई पनि उम्मेदवार छान्न सकस भएको छ । क्लस्टरको टुंगो नलागेकाले अहिलेसम्म उम्मेदवार चयन नभएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । नेकपा एसले २ सीट पाएको छ ।
एसले उम्मेदवार चयन गर्न अध्यक्ष माधव नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ ।

Leave a Reply