काठमाडौं । सत्तारूढ गठबन्धनकाे बैठक राष्ट्रिय सभा चुनावका लागि सिटकाे भागबण्डामा सहमति नजिक पुगेकाे छ । नेकपा एसका अध्यक्ष माधव नेपाल रिसाएर हिँडे पनि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका हुन् ।
स्राेतका अनुसार सुदूरपश्चिममा महिला माओवादी र पुरूष कांग्रेसकाे भागमा परेकाे छ । लुम्बिनीमा महिला कांग्रेसलाई र पुरूष माओवादीले पाउने छ । यस्तै काेशीमा महिला माओवादी र पुरूष कांग्रेसलाई दिने गरी भाग लगाइएकाे स्राेतले बतायाे ।
सहमति अनुसार मधेसमा महिला जसपाले पुरूष र कांग्रेसले महिला सदस्य पाउने छ । बाग्मती र गण्डकीमा माधव नेपाल पनि समेट्नुपर्ने भएकाले शनिवार टुंगिएन । आइतबार बिहान माधव नेपाललाई राखेर जसरी पनि सहमति गर्ने एक नेताले बताए ।
माधव नेपालले तीन सिटमा दावी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् । कांग्रेसले १० सिट र माओवादीले ५ सिट पाउने आपसी सहमति भएकाे छ ।
साना दलहरू जनमत, लाेसपा र राष्ट्रिय जामाेर्चाले भने भाग नपाउने भएका छन् । १ सिट दावी गर्दै आएका ती दफका अध्यक्ष माग पूरा नभएपछि विच्किएर वैठक छाडेर हिँडेका थिए ।

Leave a Reply