भारतले दिने २० करोडका आयोजनाबारे द्वैध चरित्र नदेखाउन ‘कम्युनिस्ट नेता’लाई निधिको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले भारत सरकारको तर्फबाट दिइने २० करोड रुपैयाँसम्मको अनुदान परियोजनाहरूका सन्दर्भमा गलत टिप्पणी नगर्न चेतावनी दिएका छन् ।

निधिले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै पहिलेदेखि नै सञ्चालित र अहिले रकम बढेर आएका यस्ता परियोजना सकारात्मक रहेको भन्दै मनमौजी ढंगले सम्झौता भएको भन्नु आधारहीन रहेको बताएका छन् ।

निधिले यस्ता अनुदानबाट नेपालका कम्युनिस्ट पार्टीका नेताहरू र सबै पार्टीका नेताका साथै समाजका विभिन्न क्षेत्रका अगुवाले पनि आ आफ्नो प्रभाव क्षेत्रमा विद्यालय,पुल र क्याम्पस भवनहरू निर्माण गराएको बताएका छन् ।

उनले आफैँ भारतीय राजदूत वा अधिकारीमार्फत उद्घाटन गराउने र अहिले आएर त्यसको विरोध गर्ने द्वैध चरित्र नदेखाउन आग्रह समेत गरेका छन् ।

निधिले भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका उपलब्धिबारे २ पेज लामो विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

Comments

One response to “भारतले दिने २० करोडका आयोजनाबारे द्वैध चरित्र नदेखाउन ‘कम्युनिस्ट नेता’लाई निधिको आग्रह”

  1. ksp pyl Avatar
    ksp pyl

    भनरतका नोकरहरूलाई त यो स्वभाविक लाग्ला् । तर स्वाभिमानी नेपालीको नजरमा यो राष्ट्रघात हो । भारतले नेपालीलाई यसरी सिधै खर्च गर्न दिन्छ ? कदापी दिदैन दलालहरू । दलालहरूका छोराछोरी भारतमा सित्तैमा पढाईदिन्छ ।दाम पनि दिन्छ । अनि गुणगान गाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *