तुलसीपुरमा बालिका विवाह गर्ने वयस्क दुलाहा र पण्डित मण्डपबाटै पक्राउ

दाङ । दाङ प्रहरीले तुलसीपुरमा बालविवाह गर्ने दुलाहा र पण्डितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाहा डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार डा. केसी र तुलसीपुर ५ रानीजरुवा निवासी १४ वर्षीया बालिकाबीच बालविवाह भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले विवाह गरिहेकै अवस्थामा घरबाटै दिउँसो ३ बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी तुलसीपुरको हिरासतमा राखेर आवश्यक अुनसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

 

Comments

One response to “तुलसीपुरमा बालिका विवाह गर्ने वयस्क दुलाहा र पण्डित मण्डपबाटै पक्राउ”

  1. Elmore Pfannerstill Avatar

    Just had to say your recent article is killer. The way you make heavy topics easy to digest is impressive. Looking forward to more of your valuable insights!

Leave a Reply

Your email address will not be published. Required fields are marked *