भारतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता गरेको भन्दै एमालेको विरोध

काठमाडौं । नेकपा एमालेले भारतलाई नेपालमा सीधै खर्च गर्न दिने रकमको सीमा २० करोड पुर्‍याइएकोमा विरोध जनाएको छ । भारतसँग विभिन्न सम्झौता गर्दा प्रमुख प्रतिपक्षीसँग कुनै सरसल्लाह नभएकोप्रति पनि एमाले बैठकले असन्तुष्टि प्रकट गरेको छ ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले प्रतिपक्षीलाई विश्वासमा लिएर भारतसँग डिल गर्नुपर्नेमा सरकार चुकेको बताए ।

उनले भने, ‘दुई देशको संयुक्त आयोगको बैठकमा के के छलफल र सम्झौता भए भन्नेमा प्रतिपक्षसँग परामर्श नगरिएकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्थ्यो ।’

पोखरेलले बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनु नहुनेमा जोड दिए । वैदेशिक सहायता वैदेशिक प्रणालीभित्रै हुनुपर्ने पार्टीको मान्यता रहेको उनले उल्लेख गरे ।

Comments

2 responses to “भारतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता गरेको भन्दै एमालेको विरोध”

  1. ksp pyl Avatar
    ksp pyl

    टट्टुहरूलाई मालिक खुशी बनाउनुपर्ने छ ।

  2. Bihari Krishna Shrestha Avatar

    Since it is well known that UML chief KP Sharma Oli is also a “trusted friend of India’ as evidenced by the nocturnal meeting with India’s chief sleuth Samanta Goel while PM a few years ago, Nepal’s two coalition leaders, slavishly beholden to India, Prachanda and Deuba must have taken Oli’s concurrence for granted. Thus, this UML objection to the duo’s handover of sovereignty to the Indian Embassy is only a stunt as if people would still be misled by it. Oli and UML must come out clean on massive gold smuggling, fake Bhutanese refugees and so on, and its change of leadership to a cleaner person will greatly help the process. Note the word “cleaner”.that suggests that UML has nobody who is absolutely clean. The search is therefore for a person who is relatively more clean.

Leave a Reply

Your email address will not be published. Required fields are marked *