बालकृष्ण समको जन्मघर अवलोकनमा पर्यटनमन्त्री किराँती, जीर्णोद्धार गर्न पुरातत्व विभागलाई दिए निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती बिहीबार ज्ञानेश्वरस्थित बालकृष्ण समको घर पुगेका छन् । सोही क्रममा मन्त्री किराँतीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुलाई समेत भेटेका छन् ।

काठमाडौं विश्वविद्यालयअन्तर्गत बालकृष्ण सम गुठीले स्वामित्व लिएको समको घरको जीर्णोद्धार मन्त्रालयअन्तर्गत रहेको पुरातत्व विभागमार्फत गर्न विश्वविद्यायका पदाधिकारीहरुले मन्त्री किराँतीलाई आग्रह गरेका छन् ।

मन्त्री किराँतीले आफूसँगै रहेकी पुरातत्व विभागकी कार्यकारी निर्देशक सौभाग्य प्रधानाङलाई जीर्णोद्धारका लागि निर्देशन दिएका छन् ।

उक्त अवसरमा मन्त्री किराँतीले बालकृष्ण समलाई शेक्सपियरसँग तुलना गर्दै भने, ‘शेक्सपियर विश्व साहित्यमा नाटक विधाका शिखर व्यक्तित्व हुन् । बालकृष्ण सम पनि नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुन् । सम आफू राणा परिवारमा जन्मेर पनि २००७ सालको राणाविरोधी क्रान्तिमा सहभागी भएर जेलसमेत परेका थिए । त्यस कारण सम त्यस समयको समाज रुपान्तरणका क्रान्तिकारी पनि हुन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *