आफ्नाे कार्यक्रम हुँदा सार्वजनिक बिदा नदिन र बालबालिका सहभागी नगराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सहभागी कुनै पनि कार्यक्रमलाई लक्षित गरेर सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।

रामेछापको सुनापति गाउँपालिकाले गाउँपालिकाको कार्यालय उद्घाटन गर्न आउने कार्यक्रमका लागि भनेर पुस १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि प्रधानमन्त्रीले यस्तो निर्देशन आएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि सुनापति गाउँपालिकाले पनि सार्वजनिक बिदाको निर्णय फिर्ता लिएको छ ।

त्यस्तै, उनले आफ्ना कार्यक्रमहरुमा बालबालिकाहरुलाई समेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएका छन् ।

 

Comments

One response to “आफ्नाे कार्यक्रम हुँदा सार्वजनिक बिदा नदिन र बालबालिका सहभागी नगराउन प्रधानमन्त्रीको निर्देशन”

  1. ksp pyl Avatar
    ksp pyl

    गाउँपालिकाको कार्यालय उदघाटन गर्न जानेले उदघाटन घटाउँछु भन्नू नौटंकी हो कि होईन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *