पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट बचतकर्ताको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका कैलाशकुमार दर्लामी वडाध्यक्ष रहेको खुलेको छ ।
दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रहेको खुलेको हो । ३८ वर्षीय दर्लामीलाई बिहीबार काठमाडौंबाट पक्राउ परेका थिए । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं। ७ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्तासमेत रहेका दर्लामीलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौँ प्रहरीले पक्राउ गरेको थियो ।
सहकारीका उपाध्यक्ष समेत रहेका दर्लामीलाई जिल्ला अदालत कास्कीले सोमबार पुर्पक्षका लागी जेल चलान गर्न आदेश दिएको थियो ।
दर्लामी नेकपा ९माओवादी केन्द्र० लिखु तामाकोशी गाउँपालिका अध्यक्षसमेत हुन् । उनले पक्राउ पर्नु केही दिनअघि वडासदस्य कल्पना पाण्डेलाई कार्यवाहक दिएर काठमाडौं गएको गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिए ।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको एक अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको अभियोग छ ।
दर्लामीसहित १९ जना विरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो । सहकारी कोषाध्यक्ष कुमार रम्तेल यस अघि नै पक्राउ परिसकेका छन् । सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित पूर्व सञ्चालक समिति, लेखाका कर्मचारीहरु फरार छन् । मंगलबारमात्रै शिवबहादुर गुरुङ जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।

Leave a Reply