शिक्षा र खेलकुद सिक्काका दुई पाटा : राष्ट्रपति पौडेल (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका छन् ।

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको भन्दै उनले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्कमात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका हुन् । पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए । परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षामा उनको जोड छ । विद्यार्थीहरूको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ बनाउने, सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाइ सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *