कैलाली । धनगढीको एक पसलमा आगलागी भएको छ ।
धनगढी उपमहानगरपालिका-१ शान्तिनगरमा रहेको सागर शमशेर राणाको जय श्री चण्डिका ट्रेडर्स एन्ड सप्लायर्समा बिद्युत्को तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
आगलागीबाट खाद्यान्न, किराना सामान तथा पेय पदार्थ लगायतका गरेर २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply