हेटौँडा । मकवानपुरमा एकजना युवकले आफ्नै पेटमा खुकरी प्रहार गरेका छन् । मकवानपुरको बकैया गाउँपालिकामा एक युवकले आफ्नै पेटमा खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् ।
बकैया ९ भुर्तेलडाँडा बस्ने अन्दाजी २२ वर्षीय संजिव थिङले आफ्नै घर भित्र आफ्नै पेटमा खुकुरी प्रहार गरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटनाको जानकारी संजिवका काका ईन्द्रबहादुर थिङले वडाअध्यक्षलाई खबर गरेपछि वडाअध्यक्षले बकैयाको प्रहरी चौकी हात्तिसुँडेमा खबर गरेका थिए ।
गम्भीर घाइते संजिवलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि चितवन रिफर गरिएको डिएसपी भण्डारीले बताए ।
खुकुरी प्रहार गर्नुको कारण हालसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply