लोसपा लुम्बिनी सम्मेलनमा विवादपछि मञ्चमै पुग्यो प्रहरी (भिडिओ)

रुपन्देही । लोसपा लुम्बिनीको पहिलो प्रदेश सम्मेलनमा आफूलाई अन्याय गरेको भन्दै केन्द्रीय सदस्यले विरोध गरेका छन् ।

सम्मेलनमा बोल्न नपाएको भन्दै लोसपाका केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले विरोध जनाएपछि एकछिन कार्यक्रम नै रोकिएको थियो । गुप्ताले पार्टीलाई आवश्यक परेको बेला संघर्ष गरेको, जेलनेल गएको तर अहिले अरुको हालीमुहाली भएको भन्दै विरोध गरेका थिए ।

मन्चमै बसेका गुप्ताले सुरुमा मन्चमा उठेर बिरोध जनाएपछि मुखमा पट्टि बाँधेका उनलाई पार्टीका नेताहरुले बस्न आग्रह गरेका थिए । प्रदेश सभा सदस्य कन्हैया बनिया, गणेश पाल लगायतका नेताहरुले उनलाइ बस्न आग्रह गरे पनि गुप्ताले मानेनन् । लोकतन्त्रमा बिरोध गर्न पाउनुपर्ने बताउँदै नबसेपछि केही बेर कार्यक्रममा तनाव भएको थियो ।

पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाह बोल्दै गर्दा भएको बिवादका कारण मन्चमै प्रहरी पुगेको थियो । यसै क्रममा आयोजक एवम केन्द्रीय सदस्यबीच चर्काचर्की समेत भएको थियो ।

कार्यक्रममै भएको विवादले प्रमुख अतिथि रहेका लोसपाका केन्द्रीय वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले कार्यक्रम बिथोल्न भएको प्रयास भएको बताए । उनले पहिलेदेखि नै कार्यक्रम हुन नदिने प्रयास भैरहेको बताउँदै कार्यकर्तालाई बिखण्डनकारीसंग सावधान रहन आग्रह गरे । तर उनले विरोध गरेका गुप्ताको नाम लिएनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *