काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका युवाहरु लक्षित प्रशासनको दमन र गोली प्रहारको घटना आपत्तिजनक भएको बताएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका युवाहरु लक्षित प्रशासनको दमन र गोली प्रहारको घटना दुस्खद, आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। स्वदेशमा गरि खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाइ गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय हो।
यो घटनामा दुई जनाको मृत्यु भएको छ।

Leave a Reply