जेलबाट छुटेपछि पहिलोपटक सानेपा पुगे बालकृष्ण खाण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेपछि धरौटीमा रिहा भएका बालकृष्ण खाण पहिलो पटक सानेपामा पुगेका छन्।

कांग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पूर्वगृहमन्त्री समेत रहेका खाण सानेपा पुगेका हुन्।

हिजो बैठकमा भने खाण गएका थिएनन्। खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए। खाण थुनामा हुँदा संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।

अहिले खाण पार्टी कार्यालयको सभापतिको कार्यकक्ष गएर बसेका छन्। बैठक भने सुरु भएको छैन। आजको बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले रिपोर्ट कार्ड प्रस्तुत गदैछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *